
काठमाडौं । रियलमीले जीटी ८ प्रो सिरिजलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज क्षमतासहित दुई भेरियन्टमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार, विन्ड मुभ्स ह्वाइट भेरियन्टको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ छ भने एस्टन मार्टिन ग्रिन भेरियन्टको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ रहेको छ । ग्राहकले ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा समेत यो स्मार्टफोन खरिद गर्न सक्नेछन् ।
प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको यो सिरिजले परिष्कृत क्यामेरा प्रविधि, शक्तिशाली प्रोसेसिङ क्षमता र लामो समयसम्मको ब्याट्री क्षमतालाई आकर्षक तथा मजबुत डिजाइनमा समेटेको कम्पनीले जनाएको छ ।
स्मार्टफोनको प्रमुख आकर्षण २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ, जसले तस्बिरको गुणस्तरमा कुनै सम्झौता नगरी टाढाबाट पनि उच्च विवरणसहित जुम सुविधा प्रदान गर्ने बताइएको छ ।
साथै परिष्कृत रियर भिडियो रेकर्डिङ सुविधा समेत समावेश गरिएको छ, जसअन्तर्गत ३० फ्रेम प्रति सेकेन्डमा ८के, ६० फ्रेम प्रति सेकेन्डमा ४के, साथै ३० फ्रेम प्रति सेकेन्ड र १२० फ्रेम प्रति सेकेन्डमा ४के तथा १०८०पी रेकर्डिङ सुविधा उपलब्ध छन् जसले विभिन्न शूटिङ अवस्थाहरूमा उच्च गुणस्तरका सिनेम्याटिक भिडियो खिच्न सकिने बताइएको छ ।
यसलाई रिकोह जीआर इमेजिङ प्रणालीले थप परिष्कृत बनाएको छ, जसले प्रकाशको अवस्थाअनुसार स्पष्ट, प्राकृतिक तथा व्यावसायिक गुणस्तरका तस्बिर खिच्न सहयोग पुर्याउँछ ।
त्यस्तै, उपकरणमा नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ फ्ल्यागशिप प्रोसेसर प्रयोग गरिएको छ, जसलाई उन्नत हाइपर भिजन प्लस एआई चिपले साथ दिएको छ ।
यस संयोजनले गेमिङ, बहुकार्य सञ्चालन तथा सामग्री निर्माणका क्रममा उच्च कार्यसम्पादन, उत्कृष्ट ऊर्जा दक्षता र समग्र प्रयोग अनुभवमा उल्लेखनीय सुधार ल्याउने बताइएको छ ।
जीटी ८ प्रो सिरिज ब्याट्री र चार्जिङ क्षमताका कारण पनि विशेष रहेको छ । यसमा ७००० मिलिअम्पियर–घण्टाको टाइटन ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा प्रदान गर्ने बताइएको छ ।
१२० वाट सुपरभोक फ्ल्यास चार्जिङमार्फत केही मिनेटमै उपकरण चार्ज गर्न सकिनेछ भने ५० वाट वायरलेस फ्ल्यास चार्जिङले दैनिक प्रयोगलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।
साथै डिस्प्ले अन्तर्गत यस स्मार्टफोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको २के अल्ट्रा–ब्राइट स्क्रिन उपलब्ध छ, जसको अधिकतम उज्यालोपन ७००० निट्ससम्म पुग्छ ।








प्रतिक्रिया