दुई विदेशी जहाज एक घण्टादेखि आकासमा फन्को लगाउँदै, आन्तरिकका ७ उडेनन्

1.3k
Shares


काठमाडौं । मौसमको खराबीले २ वटा विदेशी एयरलाइन्सका जहाज एक घण्टादेखि आकासमा फन्को मार्दै बसकेका छन । मौसम प्रतिकुल हुँदा दुईवटा एयरले अवतरण गर्न नसकेर ओभरसुट गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार थाइल्याण्डबाट आएको थाई लायन एयरले करिब एक घण्टादेखि नेपाली आकासमा फन्को मार्दै अवतरणको पर्खाइमा रहेको छ ।

यो वायुसेवा सवा २ वजे काठमाडौं माथिको कासमा आइपुगेको भएपनि अवतरण गर्न नपाएका कारण तीन बजेसम्म पनि फन्को मार्दै मार्दै बसेको ।

यूएईको दुबईबाट काठमाडौं आएको फ्लाई दुबइ पनि साढे २ बजेदेखि नै होल्डमा छ । मौसम खराब भएकै कारण एयर इन्डियाको २ बजेर ४० मिनेटमा अवतरण गर्नुपर्ने जहाजले ओभरसुट गरेको छ ।

अवतरणमै ढिलो भएका कारण ति वायुसेवा काठमाडौंबाट फर्कन पनि ढिलो हुने भएको छ । विमानस्थल कार्यालयक अनुसार फ्लाई दुबइको जहाजलाई अवरतण गराएर साढे ३ मा मात्रै फर्काउने गरी तालिका बनाएको छ भने थाइ लायन पनि सवा ३ मा फर्कनुपर्नेमा अवतरणमै ढिलाइ भएको छ ।

मौसमको खराबीले आन्तरिक उडानका बुध्द, यति र श्री एयरलाइन्सका नियमित उडानका जहाजको उडान तालिकासमेत प्रभावित भएको छ । बुध्दको पोखरा, विराटनगर, भरतपुर, भैरहवा, जनकपुर, सुर्खेत र जनकपुरका उडानसमेत ढिलो भइरहेको छ ।