युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर दिने

112
Shares

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले चुक्ता पुँजीको ०.३६८४ प्रतिशतले हुन आउने ४५ लाख ३३ हजार ४२१ रुपैयाँ नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ ।

कम्पनीको ११औं वार्षिक साधारण सभामा लाभांश प्रस्तावहरू छलफल र स्वीकृतिका लागि पेश गरिने जनाएको छ । यसका साथै, उक्त साधारण सभामा कम्पनीको जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा अर्को एउटा विशेष प्रस्ताव पनि लैजाने भएको छ ।

यसअघि मिति २०८२/१२/२२ मा प्रकाशित साधारण सभाको सूचनामा छुट हुन गएका यी बुँदाहरूलाई समावेश गर्न कम्पनीले थप जानकारी गराएको हो ।