युद्धविराम लम्ब्याउनका लागि आफूहरूले प्रतिबद्धता नजनाएको इरानीहरूको भनाइ

126
Shares

एजेन्सी । इरानी अधिकारीहरूले आफूहरू युद्धविरामको कुनै पनि विस्तारमा सहमत नभएको बताएका छन् ।

इरानको सामुद्रिक व्यापारमा अमेरिकी जलसेनाले लगाएको नाकाबन्दीलाई कायम राख्ने ट्रम्पको निर्णयलाई पनि उनीहरूले आलोचना गरेका छन् ।

इरानका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बाकर कालीबाफले नाकाबन्दी हटाएमा मात्र पूर्ण युद्धविरामको अर्थ रहने बताए । युद्धअघि विश्वको पाँचौं हिस्सा तेल व्यापार हुने साँघुरो स्ट्रेट अफ हर्मुज पुनः खोल्नु यस्तो युद्धविरामको घोर उल्लंघनको अवस्थामा असम्भव रहेको कालीबाफले सामाजिक सञ्जालमा उल्लेख गरे ।

‘तपाईंले सैन्य आक्रामकता मार्फत आफ्ना लक्ष्यहरू प्राप्त गर्न सक्नुभएन । धम्की दिएर पनि ती प्राप्त हुनेछैनन्,’ ट्रम्पको घोषणाप्रति आफ्नो पहिलो प्रतिक्रियामा उनले लेखे, ‘इरानी जनताको अधिकारलाई मान्यता दिनु नै एक मात्र बाटो हो ।’