नेप्सेमा ३३.८३ अंकको गिरावट, कारोबार पनि घट्यो

63
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ३३.२७ अंकले बढेको थियो ।

बिहीबार नेप्सेमा कुल ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल १० अर्ब २८ करोड माथिको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २३६ कम्पनीको घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ ।