
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९७ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज तोलाको २ लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यसअघि आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया