छानबिनका लागि सहयोग गर्न तयार छु : प्रचण्ड

238
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।

शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको बताएका हुन्। आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको उनको भनाइ थियो।

‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ,’ प्रचण्डले भने, ‘तपाईंहरूले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु।’

प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको बताए। त्यसको सामना गर्न आफू नडराउने उनको भनाइ थियो।