चामल बेच्ने जयहरि एग्रोले एकै वर्ष गर्‍यो १ अर्ब ६४ करोडको व्यापार

98
Shares

काठमाडौं । दैलोसहित अन्य ब्रान्डका चामल बिक्री गर्ने जय हरी एग्रोको व्यापार ३३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३३ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब २३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२५ मा १ अर्ब ६४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ४३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

गत आवमा उच्च क्षमतामा चामल बिक्री हुँदा व्यापार बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आवमा २.९९ प्रतिशत खुद नाफा कमाएको छ, जुन सन् २०२४ मा २.५४ प्रतिशत थियो । कम्पनीको कुल नगद सञ्चय ६ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा ५ करोड २० लाख रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीको इन्भेन्टरी स्तर सन् २०२४ मा २४ करोड ४० लाख रुपैयाँबाट बढेर गत आवमा ५४ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले लङ ग्रेन र स्टिम चामल ‘बेहुली’, ‘नाती नातिनी’, ‘बुढा बुढी’ र ‘दैलो’ ब्रान्डमार्फत प्रशोधित चामल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले प्रति घण्टा १२ मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ ।

अमनकुमार अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

Skip This