
काठमाडौं । चक्कु प्रहार गरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या भएको छ ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो ।
उनीहरूको उपचारकै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।
बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा सञ्जीवको मोबाइलमा पर्यो । उनीहरू एकआपसमा अपरिचित समेत हुन् ।
नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोही क्रममा भनाभन भयो । फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई नै पाटन आउन भने ।
त्यसपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुग्छन् । सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु काट्न प्रयोग हुने हतियार लिएर त्यहाँ आएर नेम्बाङ दाजुभाइमाथि प्रहार गरेका थिए ।










प्रतिक्रिया