
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंक अर्थात् ३.७९ प्रतिशतले घटेर २६७६.६८ बिन्दुमा खुम्चिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से ५.८२ अंकले बढेको थियो । त्यसअघि, बुधबार नेप्से ७४.७३ अंकले घटेको थियो भने मंगलबार १९.७० अंकले बढेको थियो ।
यस्तै, गत साताको सोमबार नेप्से ४७.७१ अंक र गत आइतबार भने नेप्से ७१.०५ अंकले घटेको थियो ।
आइतबार नेप्सेमा कुल १२ अर्ब ३८ करोड माथिको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा कुल ८ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ७ कम्पनीको सेयर मूल्य बढ्दा २६१ कम्पनीको घटेको छ ।
आइतबार नारायणी विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डिय माइक्रो लाइफ, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस्तै, अन्य १० कम्पनीको सेयर मूल्य पनि नौ प्रतिशत बढीले घटेको छ । यद्यपि, आइतबार रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, सुपर खुदी हाइड्रोपावर र सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागको छ ।










प्रतिक्रिया