
काठमाडौं । नेपाल राष्ट्र बैंकले विराटनगरमा सञ्चालित दुईवटा मनिचेन्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। राष्ट्र बैंकको विराटनगर कार्यालयले एक सूचना जारी गर्दै ती कम्पनीहरूले तोकिएको समय सीमाभित्र नवीकरण प्रक्रिया पूरा नगरेकाले इजाजतपत्र खारेज गरिएको जनाएको हो ।
इजाजतपत्र रद्द गरिएका मनिचेन्जरहरूमा अमृत लक्ष्मी मनि चेन्जर प्रा.लि. र सुपर फाइन मनि चेन्जर प्रा.लि. रहेका छन्। यी दुवै कम्पनी विराटनगर महानगरपालिका वडा नं. १५ मा सञ्चालनमा थिए ।
‘नेपाल राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेका कारण यी कम्पनीहरूको लाइसेन्स रद्द गर्ने निर्णय भएको केन्द्रिय बैंकले जनाएको छ ।
बैंकले २०८२ चैत २० गते बुधबार सूचना प्रकाशित गर्दै उक्त निर्णयबारे जानकारी गराएको छ । अब यी दुई कम्पनीले विदेशी मुद्रा विनिमय सम्बन्धी कुनै पनि कारोबार गर्न पाउने छैनन् ।










प्रतिक्रिया