
काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा खुम्चिएको थियो । त्यसअघि मंगलबार नेप्से १९.७० अंकले बढेको थियो भने सोमबार ४७.७१ अंक र आइतबार ७१.०५ अंकले घटेको थियो ।
नेप्से बढेपनि कारोबार भने घटेको छ । बिहीबार नेप्सेमा कुल ८ अर्ब १८ करोड रुपैयाँ माथिको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया