नवनियुक्त प्रधानमन्त्री र मन्त्रीलाई ओलीले दिए शुभकामना

189
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारलाई बधाई दिएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीले शुभकामना व्यक्त गरेका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई,’ ओलीले लखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

शुक्रबार राष्ट्रपति कार्यालयमा भएको प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथमा ओली अनुपस्थित थिए ।