
काठमाडौं । काभ्रेको पाँचखालका किसानलाई अहिले आलु खन्न धमाधम छ । व्यापारी र उपभोक्ता आलु किन्न खेतबारीमै पुगिरहेका छन् । खेतबारीमै पुग्ने हो भने १२-१५ रुपैयाँ किलोले आलु पाइने गरेको छ ।
आलुले मूल्य नपाएपछि किसान चिन्तित छन् । आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । आलुले किन भाउ पाएन भनेर किसानहरु पनि अनविज्ञ छन् ।

लामो समयपछि आलुको भाउ यति धेरै घटेको उनीहरुको अनुभव छ । किसानहरुका अनुसार गत साल २५ रुपैयाँसम्म बिक्री भएको थियो किलोको । यसपालि १२ रुपैयाँसम्म झरेको छ । किसानहरु भन्छन्- ‘लगानी उठ्दैन यसपालि । बिउ र खाजा-खेतालाको मात्र लगानी उठ्छ ।’ सरकारले किसानलाई मर्का नपर्ने गरी न्यूनतम मूल्य तोक्नुपर्ने वा सरकारले नै किन्नुपर्ने किसानको भनाइ छ ।

उनीहरु भन्छन्- ‘हामीले मूल्य पाएका छैनौं उपभोक्ताले महँगोमा किन्नुपर्छ। यो कुरामा बालेन सरकारले ध्यान देओस्। आलुमा मात्र होइन अरु कृषि उत्पादनको पनि यस्तै समस्या छ।’ किसानहरूका अनुसार आलुको उत्पादन लागत प्रतिकिलो १५ रुपैयाँ भन्दा माथि नै पर्ने भएकाले यसपटक बिक्री भइरहेको मूल्यले लागत नउठ्ने किनासहरूको भनाइ छ ।

















तस्बिर : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया