
मोरङ । उर्लाबारी र सुन्दरहरैँचाका दुईवटा कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।
उर्लाबारी नगरपालिका– ८ स्थित उमेश थापाको ‘अठियाबारी कृषि फार्म र सुन्दरहरंँचा नगरपालिका– ४ स्थित नारायण वाग्लेको हलेसी महादेव कृषि फार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएपछि थप संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा। अजयकुमार साहका अनुसार पशु सेवा विभागले गठन गरेको तीन सदस्यीय ‘इमर्जेन्सी डिजिज इन्भेस्टिगेसन टिम’को स्थलगत विश्लेषण र नमुना परीक्षणका आधारमा दुवै कुखुरा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्राविधिक समितिको शुक्रबारको बैठकले प्रभावित तीन किलोमिटर क्षेत्रमा चार किल्ला तोकेर पक्षी र पक्षीजन्य वस्तुको नष्ट गर्ने निर्णय गरेको छ ।
त्यस्तै, संक्रमित क्षेत्रमा आवतजावत तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको उनले बताए । बर्डफ्लु संक्रमण पुष्टि भएको क्षेत्रमा ४१ दिनसम्म स्वास्थ्य जोखिम मानेर कुखुरा उत्पादनमा रोक लगाइनेछ ।








प्रतिक्रिया