
काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से २३.८७ अंकले बढेको थियो ।
आइतबार नेप्सेमा कुल १४ अर्ब ३२ करोड माथिको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल १३ अर्ब ९४ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।







प्रतिक्रिया