सम्पूर्ण अपडेट

समानुपातिकमा रास्वपाको मत ५० लाख नाघ्यो, ५८ सिट सुनिश्चित

343
Shares

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ५० लाख मत नाघेको छ । १ करोड ४ लाख मतगणना सम्पन्न हुँदा रास्वपाले ४८ प्रतिशत मत पाएको छ ।

५० लाख ८ हजार मत प्राप्त गरेसँगै अब रास्वपाले समानुपातिकबाट ५८ सिट पाउने भएको छ । प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपालाई यससँगै दुईतिहाइ पुर्‍याउन मात्र एक सिट पुगेन ।

हालसम्मको मतपरिणाम अनुसार दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्ने भए पनि रास्वपाले १८३ सिट मात्रै पाउने निश्चित भएको छ ।

नेपाली कांग्रेसले १६ लाख ९४ हजार मत पाएको छ भने एमालेले १४ लाख १२ हजार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७ लाख ६७ हजार, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २५ हजार मत पुर्याएका छन् ।

हालसम्मको मतपरिणाम र निर्वाचन कानुन अनुसार ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ नकटाउने दलले समानुपातिकमा सांसद पाउने छैनन् । यो व्यवस्था अनुसार राष्ट्रिय पार्टी बन्ने बाहेकका अरु कुनै पनि दलले समानुपातिकबाट सांसद सदस्य नपाउने भएका छन् ।

हालसम्मको मतपरिणाम अनुसार कांग्रेसले १९, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले समान ४–४ सांसद पाउने भएका छन् ।