सम्पूर्ण अपडेट

निर्वाचन आयोगको निर्णय विरुद्ध किशोरी साहले हालेको मुद्दा सर्वोच्चको पेशीमा

3.7k
Shares

काठमाडौं । उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध किशोरी साह कमलले हालेको मुद्दा सर्वोच्चको पेशीमा चढेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासमा साहको मुद्दामाथि आदेश सक्ने छ ।

धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रहेका साहको उमेदवारी निर्वाचन आयोगले १९ गते खारेज गरिदिएको थियो ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी दिएका साहको मौन अवधि सुरु भएपछि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै उनको उमेदवारी खारेज भएको थियो ।

उमेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएका थिए । उनको मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै आयोगले आइतबार मात्रै धनुषा १ को मतपरिणाम अदालतको फैसला नआएसम्मका लागि सार्वजनि नगर्न आदेश दिएको छ ।

साहको मुद्दाको आदेश सोमबार नै आउने सम्भावना छ । साहको मुद्दा निरौलाको इजलासको चौथो नम्बरमा छ ।