
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशको पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन् ।
उनले १७ हजार २ सय ३३ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका अइन्द्र कुमार नेम्वाङले १४ हजार ५ सय ३४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हर्क बहादुर नेम्वाङले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया