सम्पूर्ण अपडेट

मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको शानदार जित, भारी मतान्तरले कांग्रेसकी डिना पराजित

112
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, गौतम ३६ हजार ३३ मतका साथ निर्वाचित भएका हुन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) लाई २१ हजार ९ सय ९५ को फराकिलो मतान्तरले पराजित गरे । कांग्रेसकी डिनाले १४ हजार ३८ मत मात्र प्राप्त गरिन् ।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार रामेश्वर रानामगरले १२ हजार ७ सय ८३ मत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विजय गौतमले १० हजार ७ सय ८८ मत प्राप्त गरेका छन् ।

मकवानपुर–२ मा पनि रास्वपाले ने जितेको छ । त्यहाँ पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् ।