
झापा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेनन्द्र शाह (बालेन) ले अग्रता बढाउँदै लगेका छन् । राति ८ बजेको अपडेट अनुसार बालेनले १५ हजार १६९ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी ओलीले ३ हजार ३४४ मत मात्र पाएका छन् । बालेनले ओलीसँग ११ हजार ८२५ मतको अन्तर बनाएका हुन् ।
माटोका उम्मेदवारले १,६०७ मत पाउँदा कांग्रेसले ४८९ र नेकपाले ४२० मत पाएको छ ।
हालसम्म कुल २२,६९१ मतगणना भइसकेको छ ।








प्रतिक्रिया