
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार गणेश पौडेलले अग्रता कायम गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार पौडेलले ७ हजार ३०६ मत प्राप्त गरेका छन्।
उनलाई नेपाल मजदुर किसान पार्टी (तारा) का राम कुमार भट्टराईले २ हजार ७६६ मत प्राप्त गरी पछ्याइरहेका छन्। यसैगरी नेपाली कांग्रेस (रुख) का देव प्रसाद तिमलसेनाले २ हजार ६६० मत पाएका छन् भने नेकपा एमाले (सूर्य) का रामजी साह सोनारले ९०६ मत प्राप्त गरेका छन्।
यसैबीच, मोबाइलबाट मतदान गरेका ऋषि धमलाले १०३ मत मात्रै प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार मतगणना कार्य हाल पनि जारी छ।








प्रतिक्रिया