सम्पूर्ण अपडेट

देउवाले लगातार जित्दै आएको डडेल्धुरामा रास्वपाको अग्रता कायमै, महर पछ्याउँदै

266
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशीले अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणामअनुसार जोशीले ४ हजार ४०५ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले २ हजार ७९० मतसहित पछ्याइरहेका छन्। यो निर्वाचन क्षेत्र कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लगातार जित्दै आएको क्षेत्र हो।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका मानसिंह मालले २ हजार ५७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका चक्रप्रसाद स्नेहीले १ हजार १७९ मत पाएका छन्।

अहिलेसम्म ६९० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हालसम्मको मतपरिणामअनुसार रास्वपाका जोशीले कांग्रेसका महरभन्दा १ हजार ६१५ मतको अग्रता बनाएका छन्।