
ललितपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले आफ्नो अग्रतालाई बलियो बनाउँदै लगेका छन् ।
यस क्षेत्रका तीनवटै गाउँपालिका (महांकाल, कोन्ज्योसोम र बागमती) को मतगणना सकिँदा राणाले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १,८०५ मतको अग्रता बनाएका हुन् ।
ताजा मत परिणाम विवरण:
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, तीन गाउँपालिकामा खसेको कुल १८,४७९ मतमध्ये १७,७६७ मत सदर भएको छ। जसको परिणाम यस्तो छ:
उदय शमशेर राणा (नेपाली कांग्रेस – रुख): ६,१९८ मत (अग्रता)
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी): ४,३९३ मत
नेकपा एमाले (सूर्य): ३,८१३ मत
चिम चिन्ह: १,८८४ मत
तारा चिन्ह: ९८४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो): १८० मत
अबको प्रतिस्पर्धा गोदावरी नगरमा
गाउँपालिका क्षेत्रको मतगणना सकिएसँगै कांग्रेस उम्मेदवार राणा १,८०५ मतको ‘लिड’ सहित गोदावरी नगरपालिकाको मतगणनामा प्रवेश गरेका छन् । अब गोदावरी नगरपालिकाका १२ वटा वडाहरूको गणना सुरु हुनेछ।
गोदावरी नगरपालिका यस क्षेत्रको निर्णायक भूगोल मानिन्छ, जहाँ कुल ३३,४१६ मत खसेको छ। गाउँपालिकाबाट अग्रता बनाएका राणालाई गोदावरीमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेले कसरी पछ्याउँछन् भन्ने कुराले यस क्षेत्रको अन्तिम नतिजा तय गर्नेछ ।








प्रतिक्रिया