सम्पूर्ण अपडेट

तीन क्षेत्रमा हर्क साम्पाङको श्रम संस्कृति पार्टीको अग्रता

385
Shares

धरान । धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीनवटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ ।

हाल जारी मतगणना अनुसार इलाम क्षेत्र नम्बर २, पाँचथर र धनकुटामा उक्त पार्टीका उम्मेदवारहरू अगाडि देखिएका हुन् ।

पछिल्लो विवरण अनुसार, इलाम २ मा सुदीप राई १ हजार ५०४ मतका साथ अघि छन् भने धनकुटामा सानबहादुर राईले २ हजार ८५१ मतसहित अग्रता कायम राखेका छन् । त्यस्तै, पाँचथरमा हस्तराज शेर्मा ३०३ मतका साथ प्रतिस्पर्धामा अगाडि छन्।