
एजेन्सी । अधिकारीहरूका अनुसार, श्रीलंकाली सेनाले आज श्रीलंकाली जलक्षेत्र नजिकै डुब्दै गरेको एक इरानी जहाजमा रहेका कम्तीमा ३० जनाको उद्धार गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ ।
इरानी जहाजबाट संकटकालीन सन्देश प्राप्त भएपछि श्रीलंकाली जलसेनाले उद्धार टोली खटाएको रक्षा मन्त्रालयका प्रवक्ताले बताए ।
श्रीलंकाका परराष्ट्रमन्त्री विजिथा हेराथले संसदमा जानकारी गराएअनुसार, १८० जना चालक दलका सदस्य रहेको उक्त जहाजका घाइते नाविकहरूलाई देशको दक्षिणी भागमा रहेको अस्पतालमा लगिएको छ । उनले जहाज डुब्नुको कारणसहित अन्य थप विवरणहरू दिएनन् तर श्रीलंकाले उचित कदम चाल्ने बताए ।
स्थानीय रिपोर्टहरूका अनुसार, उक्त जहाज इरानी जलसेनाको एउटा फ्रिगेट आइरिस देना थियो । खबरहरूका अनुसार, यसले देशको दक्षिणी भागमा पर्ने गलको तट नजिकैबाट संकटकालीन सन्देश पठाएको थियो ।








प्रतिक्रिया