
जनकपुर । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादव यसवर्षको महामुर्ख बनेका छन् । मिथिला नाट्य कलापरिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको ‘महामूर्ख’को उपाधि यादवलाई प्रदान गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका तथा जनक मन्दिरको सह–आयोजनामा गरिएको होरी महोत्सव तथा महामूर्ख सम्मेलनअन्तर्गत जनकपुरधाममा दुईदिने महामूर्ख सम्मेलनमा सभामुख यादवलाई सो उपाधि प्रदान गरिएको हो । सभामुख यादवलाई मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल मल्लिक, पूर्वअध्यक्ष प्रमेश झा, सुनिल मिश्रलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै सभामुख रामआशिष यादवले महामूर्खको उपाधिले सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्दै मिथिला नाट्यकला परिषद्ले मिथिलाको कला, संस्कृति र संस्कारलाई जीवन्त राखेकामा खुसी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया