
विराटनगर । २०४८ यता १२ पटक मन्त्री र चारपटक उपप्रधानमन्त्री बनेका कांग्रेसका विजयकुमार गच्छेदार प्रतिनिधि सभा सदस्यकालागि यसपाली पनि सुनसरी क्षेत्र नं ३ मा प्रतिष्पर्धा गर्दैछन ।
गच्छदार २०४८ सालयता २०७९ वाहेकका सवै निर्वाचनमा जित निकाल्दै आएका राजनीतिक खेलाडी हुन । यसपालीको चुनावी प्रतिष्पर्धालाई उनले आफनो अन्तिम भनेका छन ।
फागुन २१ मा हुने निर्वाचनमा यो क्षेत्रमा गच्छेदार सहित एमालेवाट भगवती चौधरी, नेकपावाट दुर्गेश चौधरी र रास्वपावाट अशोक चौधरी लगायत दर्जन उम्मेदवार प्रतिस्र्पधा गर्दैछन ।
२०७९ मा भने गच्छदार एमालेकी भगवती चौधरीसँग ५ हजार १८८ मतान्तरले पराजीत भएका थिए । चौधरीले ४० हजार ७८८ मत ल्याउँदा गच्छदारले ३५ हजार ६ सय मत पाएका थिए ।
त्यसवेला रास्वपाका कमल वावु मैनालीले ६ हजार ४५३ मत पाएका थिए ।
समानुपातिक तर्फ एमालेले ३३ हजार ९०२, कांग्रेसले २९ हजार ६८०, रास्वपाले ६ हजार ८३६, माओवादीले ३ हजार ९७५ र राप्रपाले ३ हजार ९५९ मत पाएका थिए ।
२०७० र २०७४ को निर्वाचनमा भने चौधरी गच्छदारसँग पराजीत भएकी थिइन । २०४८ सालदेखिको राजनीतिक यात्रामा गच्छदार कांग्रेस, प्रजातान्त्रीक कांग्रेस, मधेशी जनअधिकार फोरम, फोरम लोकतान्त्रीक हुँदै पुन पुरानो घर कांग्रेसमा फर्किएका छन ।








प्रतिक्रिया