७ दिनमा करिब १३ हजारले बढ्यो सुनको मूल्य, आज कति पुग्यो ?

714
Shares

काठमाडौं । नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

यसअघि सोमबार सुन तोलामा ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।

पछिलो ७ दिन अर्थात फागुन ५ गते देखि १२ गते(आज) सम्ममा सुनको मूल्य तोलामा १२ हजार ९ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ । यसअघि सोमबार तोलाको ५ हजार५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५८५ रुपैयाँ तोकिएको हो ।