आज तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

553
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले बढेको हो ।

आज सोमबारका लागि सुनको मूल्य तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि आइतबार सुन तोलामा ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार ५ हजार ५९५ रुपैयाँ तोकिएको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।