
काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं–१३ चाँगल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् ।
मन्दिर परिसरको बारमा बसेका श्रेष्ठले एक प्रहरी जवानलाई लात्ती प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार आरोपीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।
भिडियोमा श्रेष्ठले लात्ती प्रहार गरेपछि प्रहरीले पनि उनलाई लाठी प्रहार गर्दै बारबाट हटाएको दृश्य देखिन्छ । यसअघि मंगलबार प्रहरीले सूचना जारी गर्दै उक्त युवकको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो ।








प्रतिक्रिया