होटल फरेष्ट इनको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

0
Shares

काठमाडौं । होटल फरेष्ट इन अर्थात होलिडे इन रिसोर्ट, बूढानीलकण्ठ, काठमाण्डौ र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ ।

सेयर रजिष्ट्रार सेवा अन्तर्गत एन आई सी एशिया क्यापिटलले होटल फरेष्ट इन लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने एनआईसी क्यापिटलले गर्ने छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोवारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु २०८२ साल फागुन १० गते आइतबार देखि एन आई सी एशिया क्यापिटल लिमिटेड मार्फत हुने छ ।