
काठमाडौं । होटल फरेष्ट इनको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा फागुन ४ गते सोमबार बिहान साढे ९ बजे प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बाँडफाँट गरेको हो ।
होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमा २६ लाख ६० हजार ४५२ वटा आवेदन परेकामा २३ लाख ७१ हजार ३१५ जना आवेदकको आवेदन सदर भएको थियो । जसमध्ये ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । २० लाख ३९ हजार ३१५ आवेदकको भने हात खाली भएको छ ।










प्रतिक्रिया