सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

364
Shares

काठमाडौं । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन तोलामा तीन हजारले र चाँदी १२५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको भाउ चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।

साताको पहिलो दिन हिजो आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ रुपैयाँ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Skip This