
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको व्यापार १८.१० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १८.१० प्रतिशतले घटेको हो ।
सुविसुले सन् २०२४ मा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तो कारोबार सनु २०२२ मा ३ अर्ब ७७ करोड रुपैयाँको हुनुले पनि कम्पनीको व्यापारको तथ्याङ्क पछिल्ला वर्षहरुमा घट्दो क्रममा रहेको देखिन्छ ।
कम्पनीका अनुसार सन् २०२४ मा यसले प्रदान गर्ने सेवाबाट कम आम्दानी हुँदा व्यापार घटेको उल्लेख गरेको छ । यसले टीभीको आम्दानी पनि घटेको घटेको जानकारी दिएको छ । सन् २०२४ मा टीभीबाट १६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानी घटेपनि नाफा भने बढेको छ ।
कम्पनीले गत आवमा २५.९० प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा २३.४० प्रतिशत नाफा कमाएको थियो । सन् २०२४ मा सब्स्क्राइबर १० प्रतिशत बढ्दा व्यापार बढेको जनाएको छ । उक्त वर्ष २ लाख ९९ हजार २ सय २५ सब्स्क्राइबर थिए ।
कम्पनीको कुल नगद सञ्चय ४४ करोड १० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा ४२ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको ६१ प्रतिशत आम्दानी रिटेल ग्राहकबाट गरेको जनाएको छ ।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा रिटेल ग्राहकबाट ६४ प्रतिशत आम्दानी गरेको उल्लेख छ । त्यसैगरी, कम्पनीको ३१ प्रतिशत आम्दानी कर्पोरेट ग्राहक र टीभी सेवाबाट ५ प्रतिशत आम्दानी गरेको छ । कम्पनीले गत आवमा २ प्रतिशत आम्दानी आयोजनबाट गरेको उल्लेख छ । सन् २०२४ मा ६ प्रतिशत आम्दानी गरेको थियो ।
नेपाली बजारको ८ प्रतिशत हिस्सा ओगटेको कम्पनीले रोयल्टी र ग्रामिण टेलिकम विकास कोष गरी ३१ करोड ४० लाख रुपैयाँ रकम तिरेको छ ।
सन् १९९९ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । नेपालको सब्स्क्राइबरको हिसाबले टप इन्टरनेट सेवा प्रदायक कम्पनीमध्ये सुबिसु छैठौं स्थानमा छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २३ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया