
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज बुधबार सुनको मूल्य तोलाको ३ लाख ४ हजार ७ सय तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा १४ हजार ४०० रुपैयाँ बढेको छ ।
यसअघि माघ १५ गते सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो बनेको थियो । उक्त दिन ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ हजार ६ रुपैयाँ तोकिएको छ । यसअघि अघिल्लो दिन ५ हजार ३३५ रुपैयाँमा कारवबार भएको थियो ।










प्रतिक्रिया