
काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन) का अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
सन् २०२६ फेब्रुअरी २ मा बैंककमा सम्पन्न सञ्चालक समितिको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । नेशनल क्रेडिट युनियन फेडरेशन अफ कोरियामा आफ्नो कार्यकाल पूरा भएपछि किम युनसिकले एशियाली ऋण महासंघको अध्यक्ष पदबाट बिदा लिएका थिए ।
अध्यक्षबाट किम युनसिकले बिदा लिएसँगै विधान बमोजिम, पोलि. म्याज. जेन. दनुकृत कलम्पाकोर्नले नयाँ अध्यक्षको पदभार ग्रहण गरेका हुन् । सोही कार्यसमितिको कोषाध्यक्षमा नेफ्स्कुनका अध्यक्ष ढकाल पनि चयन भएका हुन् । यो सञ्चालक समितिले सेप्टेम्बर २०२६ सम्म काम गर्न पाउने एशियाली ऋण महासंघले जनाएको छ ।
महासंघको अध्यक्षमा पोलि. म्याज. जेन. दनुकृत कलम्पाकोर्न, प्रथम उपाध्यक्षमा ली चुन फेन, द्वितीय उपाध्यक्षमा डा. वारा साबोन डोमिनिकस, एम.एससी, सचिवमा अधिवक्ता सोलेदाद भी. काबान्गिस र कोषाध्यक्षमा चन्द्र ढकाल चयन भएका हुन् ।










प्रतिक्रिया