विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ : इप्पान अध्यक्ष कार्की


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गएपनि खपत कसरी गर्ने भन्ने बिषयमा राज्यसँग योजना नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत निर्यात गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने बताए ।

दलहरुले उत्पादित विधुत निर्यात, खपत तथा व्यापारमा भएका नीतिलाई सुधार गर्ने बाचा गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ ।

‘विद्युत् उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विधुत नेपाल विधुत किनिदेने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुपर्‍यो,’ कार्कीले भने, ‘निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुपर्यो । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनुपर्‍यो ।’

Skip This