हेटौंडाको साबुन उद्योगमा आगलागी


हेटौँडा । हेटौंडास्थित औद्योगिक क्षेत्रको महाशक्ति साबुन उद्योगको स्टोर रुममा आगलागी भएको छ ।

साबुन उद्योगको जस्तापाताबाट बनेको स्टोर रुममा आगलागी भएको हो । स्टोररुममा साबुन र कार्टुन रहेको थियो ।

प्रहरीका अनुसार बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।

पशुपतिनगरको प्रहरी र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौँडाको संयुक्त टोलीसँगै हेटौँडा उपमहानगरपालिकाको २ वटा दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

घटनामा अहिलेसम्म कुनै मानवीय तथा पशु चौपायाको क्षति भएको छैन । क्षतिको विवरण खुल्न बाँकी छ ।