छ महिनामा ३९ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानीको प्रतिबद्धता


काठमाडौं। चालुुु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा ३९ अर्ब रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले शुुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि पुससम्म ४७५ वटा परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

छ महिनामा ४६० वटा साना, आठ वटा मझौला र सात वटा ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

कृषि उत्पादनमूलक, सूचना प्रविधि र पयर्टन क्षेत्रमा बढी लगानी प्रतिबद्धता आएको छ ।

कृषि क्षेत्रमा १३ परियोजनाका लागि २१ अर्ब ८८ करोड, पर्यटन क्षेत्रमा १४५ वटा परियोजनाका लागि १० अर्ब ५४ करोड २० लाख, सेवामूलक क्षेत्रका ३१ परियोजनामा तीन अर्ब ४६ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रका २७ परियोजनाका लागि दुुई अर्ब तीन करोड र सूचना प्रविधि क्षेत्रमा २५७ वटा परियोजनाका लागि एक अर्ब सात करोड ८४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार सुरुदेखि हालसम्म सात हजार ७१३ परियोजनामार्फत छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।