प्रदर्शनका नाममा लुटधन्दा मच्चाउनेलाई कारबाही नगर्नु सरकारको गम्भीर कमजोरीः माधव नेपाल


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रदर्शनका नाममा लुटधन्दा मच्चाउनेमाथि कारबाही नहुनु गम्भीर विषय विषय भएको बताएका छन् ।

देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।

‘जेनजी प्रदर्शनका क्रममा उठाइएका भ्रष्टाचार नियन्त्रण गर्ने, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने कुराहरु जायज थिए । जब मानिसलाई सत्तामा लिप्त हुन्छन् उनीहरु समस्या समाधानमा लाग्दैनन्, छलफल गर्दैनन्,’ नेपालले भने, ‘तर, आन्दोलनका नाममा भएको आगजनी, लुटधन्दा र तोडफोड गम्भिर अपराध हो ।’

उनले तोडफोड गर्नेहरुमाथि कारबाही नहुनु, दण्डित नगरिनु कुनै हालतमा उचित नभएको बताउँदै यसले सरकारमाथि पनि प्रश्न उठाउने बताए । सरकारले त्यस्तो लुटधन्दाको काम गर्नेहरुलाई जुनसुकै हालतमा कारबाही गर्न आवश्यक रहेको बताए ।

Skip This