
काठमाडौं । रिज लाइन इनर्जीले आज (आइतबार)देखि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १८ करोड ५० लाखको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर सर्वसाधरणका लागि आईपीओ निष्कासनको अनुमति पाएको थियो ।
जसमध्येबाट १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका निष्काशन गरको हो ।
त्यस्तै कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका निष्कासन गरेको ११ प्रतिशतबाट बाँकी रहको १२ प्रतिशत, अर्थात १४ करोड २२ लाख रुपैयाँ बराबरको १४ लाख २२ हजार कित्ता सेयर भने सर्वसाधरणका लागि छुट्याएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँडपछि पश्चात कम्पनीले सर्वसाधरणका लागि निष्कासन गर्नेछ ।
आज (पुस १३) गतेदेखि खुला भएको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसतै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते आवेदन दिन सक्नेछन् ।










प्रतिक्रिया