चीनमा बिमा निकायका अध्यक्षले घूस खाएको पाइएपछि कम्युनिस्ट पार्टीबाट निष्काशन

105
Shares

एजेन्सी । चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष याङ चाओलाई चीनको भ्रष्टाचारविरोधी निकायले गरेको छानबिनमा घूस लिएको लगायतका अपराधहरू गरेको पाइएपछि कम्युनिस्ट पार्टीबाट निष्काशित गरिएको उक्त निकायले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ ।

सरकारी स्वामित्वको यस बिमा कम्पनीका कम्युनिस्ट पार्टी प्रमुख समेत रहेका याङले मानिसहरूलाई भर्ना र बढुवामा सहयोग गरेबापत घूस लिएको र आफ्ना परिवारका सदस्यहरूलाई आफ्नो शक्ति र प्रभावको दुरुपयोग गर्न दिएको अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोगले जनाएको छ।