देशभरको मौसम सफा रहने पूर्वानुमान

84
Shares

काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ।

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै चेतावनी छैन ।