
काठमाडौं । नेपाल प्रहरीले पाँच आर्थिक वर्षमा करिब ३ अर्ब रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ ।
पाँच आर्थिक वर्षमा मात्र नेपाल प्रहरी मातहत विभिन्न जिल्ला तथा प्रहरी कार्यालयले ३ अर्ब ३० करोड ९ लाख ८२ हजार ९४६ रुपैयाँ बराबरको सुन नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले सो अवधिमा सातै प्रदेशमा गरेर १८२ किलो भन्दा बढी सुन नियन्त्रणमा लिएको जानकारी दिए ।
उनका अनुसार पाँच आर्थिक वर्षमा मुलुकभरबाट १८२ किलो ९९७ ग्राम सुन नियन्त्रणमा लिएको र ४९७ जना पक्राउ परेका छन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा ४५ किलो ६१९ ग्रामसहितको १८ करोड २ लाख ११ हजार ६४६ रुपैयाँ राजस्व बराबरको सुनसहित १०६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट १३ किलो ४ हजार ७२६ किलो ग्राम सुन नियन्त्रणमा लिएको थियो । उक्त वर्ष ५५ करोड ९६ लाख ६ हजार ५३२ रुपैयाँ र ६५ जनालाई नियन्त्रणमा लिएको थियो ।
कोशी प्रदेशबाट २ लाख ८ हजार ६७३ रुपैयाँ बराबरको १३ ग्राम सुन नियन्त्रणमा लिएको थियो भने मधेश प्रदेशबाट २४ लाख ३३ हजार ४४२ रुपैयाँ बराबरको १३७ ग्राम २ जनालाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, बागमती प्रदेशमा ३० करोड ७० लाख १६ हजार ९ रुपैयाँ बराबरको १७ किलो सुन ३ हजार ९९० ग्रामसहित २१ जनालाई नियन्त्रणमा लिएको थियो ।
गण्डकी प्रदेशबाट १ करोड ४३ लाख ५० हजार ८ रुपैयाँ बराबरको ९३ ग्रामसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लुम्बिनी प्रदेशबाट १ करोड ७९ लाख ३८ हजार ५९१ रुपैयाँ बराबरको १ हजार २४९ ग्रामसहित र ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, सोही वर्ष सुदूरपश्चिम प्रदेशबाट ७ करोड ८६ लाख ५८ हजार ३९२ बराबरको ४ किलो १ हजार ४२२ ग्राम र ८ जनालाई नियन्त्रणमा लिएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा ५३ किलो सुन बरामद
यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा ९० करोड ३५ लाख ८३ हजार ७८७ रुपैयाँ बराबरको ५३ किलो ७१४ ग्राम सुनसहित १५९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ६६ करोड ३८ लाख ७२ हजार १८९ रुपैयाँसहित २२ किलो ५ हजार ८७३ ग्रामसहित ११६ जना पक्राउ परेका थिए ।
कोशी प्रदेशमा २० लाख ३४ हजार ८७० रुपैयाँ बराबरको २०९ ग्रामको सुनसहित २ जना पक्राउ परेका थिए । मधेस प्रदेशमा १३ लाख ७६ हजार ६५६ रुपैयाँसहितको सुनसहित २ जना पक्राउ परेका थिए ।
त्यस्तै, बागमती प्रदेशमा १४ करोड ५६ लाख ७ हजार ६२२ रुपैयाँ बराबरको १४ किलो १ हजार ७५ ग्राम सुनसहित २९ जना पक्राउ परेका थिए ।
गण्डकी प्रदेशमा ६ करोड ६५ लाख १ हजार ६९ रुपैयाँ बराबरको ७ किलो १ हजार ६२ ग्राम सुनसहित २ जना पक्राउ परेका थिए । लुम्बिनी प्रदेशबाट २ करोड ४१ लाख ९१ हजार ३८२ रुपैयाँ बराबरको २ किलो ४९६ ग्राम सुनसहित ८ जना पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा १७ किलो
यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले १७ किलो ९६६ ग्राम समाउँदा सुन १७ करोड २० लाख २२ हजार २४३ रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त वर्ष ९१ जना पक्राउ परेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ६ किलो ४ हजार ९१६ ग्राम सुन प्रहरीले नियन्त्रण लिँदा ९ करोड २२ लाख १३ हजार २१३ रुपैयाँ राजस्व संकलन गरेको थियो र सोही वर्ष ६७ जना पक्राउ परेका थिए ।
कोशी प्रदेशबाट ७८४ ग्राम सुनसहित २ करोड १४ लाख ९६ हजार ८९४ रुपैयाँ संकलन हुँदा १३ जना पक्राउ परेका थिए । मधेस प्रदेशमा ११३ ग्राम सुन प्रहरीले नियन्त्रणमा लिँदा ७ लाख ९२ हजार ५२५ रुपैयाँ राजस्व संकलन भएको र २ जना पक्राउ परेका थिए ।
त्यसैगरी, बागमती प्रदेशबाट १ किलो २०६ ग्राम सुन प्रहरीले नियन्त्रणमा लिएको र २ करोड ४३ लाख ८६ हजार २०४ रुपैयाँ राजस्व संकलन भएको तथा ६ जना पक्राउ परेका थिए । लुम्बिनी प्रदेशबाट ४ किलो ९४७ ग्राम प्रहरीले नियन्त्रणमा लिँदा ३ करोड ३० लाख ८५ हजार ८२ रुपैयाँ राजस्व संकलन भएको र २ जना पक्राउ परेका थिए । सुदूरपश्चिम प्रदेशबाट ४८ हजार ३२५ रुपैयाँ राजस्वसहित १ जना पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०७८/०७९
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३१ किलो २५० ग्रामसहित ९७ करोड ४७ लाख ३९ हजार ९८९ रुपैयाँ संकलन भएको थियो र ८८ जना पक्राउ परेका थिए । काठमाडौं उपत्यका कार्यालयबाट १८ हजार ६६१४ ग्राम सुनसहित ९२ करोड ३६ लाख २२ हजार ५८८ रुपैयाँ राजस्व संकलन भएको र ६१ जना पक्राउ परेका थिए ।
कोशी प्रदेशबाट ३८४ ग्राम सुनसहित ३० लाख ७ हजार १८३ रुपैयाँ राजस्व संकलन भएको र ३ जना पक्राउ परेका थिए । मधेस प्रदेशबाट ४१ ग्रामसहित ३ लाख ११ हजार ५६२ रुपैयाँ संकलन भएको र १ जना पक्राउ परेका थिए । गण्डकी प्रदेशबाट १ किलो ४९८ ग्राम सुनसहित १ करोड १० लाख ९१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको र ३ जना पक्राउ परेका थिए । लुम्बिनी प्रदेशबाट ४ किलो ९९ ग्राम सुनसहित ३ करोड २३ लाख ९६ हजार १८० रुपैयाँ राजस्व संकलन हुँदा १० जना पक्राउ परेका थिए । सुदूरपश्चिम प्रदेशबाट ६१५ ग्राम सुनसहित ४३ लाख १० हजार ९७५ रुपैयाँ राजस्व संकलन हुँदा १० जना पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०७७/०७८ मा कति ?
प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३७ किलो ४४८ ग्राम सुनसहित २७ करोड ४ लाख २५ हजार २८१ रुपैयाँ राजस्व संकलन भएको थियो । काठमाडौं उपत्यका कार्यालयबाट ७ किलो २ हजार ४८३ ग्रामसहित सुन समातिएको थियो भने ६ करोड ९५ लाख ३९ हजार ५१४ रुपैयाँ राजस्व संकलन भएको र ३० जना पक्राउ परेका थिए । कोशी प्रदेशबाट १९६ ग्राम सुन समातिएको र १ लाख ४४ हजार राजस्व संकलन १ जना पक्राउ परेका थिए ।
त्यस्तै, मधेश प्रदेशबाट २३ किलो ५८८ ग्राम सुन समात्दा १८ करोड ७१ लाख १३ हजार ८४४ रुपैयाँ राजस्व संकलन भएको र २ जना पक्राउ परेका थिए । लुम्बिनी प्रदेशबाट ११ किलो ५३४ ग्राम सुन प्रहरीले समाउँदा १ करोड २० लाख ३६ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको र १४ जना पक्राउ परेका थिए । सुदूरपश्चिम प्रदेशबाट १५ लाख ९१ हजार ५८७ रुपैयाँ राजस्व संकलन हुँदा १ किलो ६४७ ग्राम सुन प्रहरीले नियन्त्रणमा लिएको र ६ जना प्रकाउ परेका थिए ।
‘प्रहरीले समातेको सुन बिक्री हुन्न’
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले प्रहरीले बुझाएको सुन टक्सार विभागले सुनको शुद्धता र वैधता परीक्षण गर्ने गरेको जानकारी दिए । उनका अनुसार परीक्षणका क्रममा सुन भए सुन र नभए सुन जस्तो देखिने पँहेलो धातु भनेर भनिन्छ । सुनको मुद्दा सकिएपछि नेपाल सरकारले राष्ट्र बैंकले खरिद गरोस् भनेमा शुद्धता परीक्षण गरेर बैंकले त्यस दिनको दरभाउमा लिने गर्छ ।
‘प्रहरीबाट समातिएको सुन बजारमा बिक्री गर्नका निम्ति बैंकलाई दिने गरेका छैनौँ,’ प्रवक्ता पौडेलले क्लिकमान्डुसँग भने ,’राष्ट्र बैंकसँग तीन प्रकारका सुन छन् । इन्भेष्टमेन्ट पेपर गोल्ड, बुलियिन यानिकी फिजिकल सुन र ट्रेडिङ नेचरका सुन टक्सार महाशाखाले असर्फी बनाउन प्रयोग गर्छन् ।’
विशेषगरी प्रहरीले समातेका सुनहरू स्मारिका र असर्फी बनाउने काममा प्रयोग हुने पौडेलले जानकारी दिए । ‘प्रहरीले समातेका सुनहरू बैंकले बिक्री गर्दैन । आवश्यकता अनुसार बैंकले असर्फी बनाउने काममा प्रयोगमा ल्याउँछ,’ उनले भने ।








प्रतिक्रिया