
काठमाडौं । ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ ।
सप्तरीको रुपनी शाखाका बैंकका कर्मचारी ऋण असुलीका क्रममा जाँदाखेरी उनीहरुमाथि कालोमोसो दली, कुटपिट गालीगलौज गरी दुर्व्यवहार भएको हो ।
ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार मंसिर २५ गते कर्मचारीहरु माथि उक्त दुर्व्यवहार भएको हो ।
‘यो मंसिर २५ गतेको घटना हो । कर्जाको किस्ता नियमित नभएपछि बैंकका कर्मचारी कसरी नियमित बनाउन सकिन्छ भनेर ऋणसँग छलफलमा जाँदा उहाँहरुमाथि कुटपिट तथा दुर्व्यवहार भएको छ,’ बराललले क्लिकमान्डुसँग भने, ‘कुटपिट गर्नेहरु ऋण र ऋणीका आफन्त र ग्यारेन्टी बस्नेहरु रहेको जानकारीमा आएको छ ।’
बरालले कर्मचारीमाथि भएको दुर्व्यवहार भएको कुरा नियामक नेपाल राष्ट्र बैंकलाई पनि जानकारी गराइसकेको बताए ।
पछिल्लो समय बैंकका कर्मचारीमाथि दुर्व्यवहारको घटना बढिरहेको छ ।








प्रतिक्रिया