आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने

0
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

म्पनीको मंसिर २५ गते सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ५ अर्बको १०‍‍.५३ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ कर प्रयोजनसहितको नगद लाभांश सेयरधनीलाई दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि तथा कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा जानेछ ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाका लागि तोकिने बुक–क्लोज मितिमा सूचीकृत र कायम शेयरधनीहरूलाई मात्र प्रदान गरिनेछ ।