
काठमाडौं । देशमा मिति २०८२ साल असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बिमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बिमा दाबीको कूल करिब ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिब १ करोड ८८ लाख बिमितहरूलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बिमा कम्पनी र २ वटा लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बिमा कम्पनीहरूबाट सम्पत्ति बिमातर्फ ४१० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बिमा दाबीको करिव ८३ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बिमा दाबीको करिब ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिब २ लाख, कृषि तथा बाली बिमातर्फ २१० वटा बिमा दाबीको करिव ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिव १३ लाख र मोटर बिमा (निजी) तर्फ ४० वटा बिमा दाबीको करिव ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव ८७ लाख बीमा दाबी रकम बिमितलाई भुक्तानी भएको छ ।
यसैगरी, सामुद्रिक बिमातर्फ ३ वटा बिमा दाबीको करिव १० लाख बिमा दाबीमध्ये एउटा दाबीको करिव ३ लाख दाबी रकम बिमितलाई भुक्तानी भएको छ भने मोटर बिमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव १२ लाख दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।







प्रतिक्रिया