ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल

574
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो संख्यामा रुग्ण ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुने बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले बैंकिङ क्षेत्र बहुयामिक रुपमा प्रभावित हुने उनको भनाइ छ ।

‘ठेक्का तोडिएपछि सम्बन्धीत कम्पनीहरु वाच लिस्टमा पर्नुहुनेछ । त्यो अवस्थामा सम्बन्धीत कम्पनीहरु कर्जा उपभोगबाट बञ्चित हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘साथै, हालसम्म प्रवाह भएका कर्जा कमसल बर्गमा पर्नेछन् । त्यो अवस्थामा बैंकहरुले प्रोभिजन बढाउनुपर्ने हुन्छ । त्यो अवस्थामा बैंकहरुको खर्च बढ्ने देखिन्छ।’

यस्तै, बैंकहरुले एड्भान्स पेमेन्ट ग्यारेन्टी लगायतका सुविधा पनि बैंकहरुले दिएका छन् । त्यो अवस्थामा ठेक्का तोडिँदा बैंकहरुमा दायित्व बढ्न गई थप खर्च बढ्ने उनले बताए ।

फलस्वरुप निर्माण कम्पनीलाई बाध्यतात्मक रुपमा कालोसूचीमा राख्नुपर्ने अवस्था आउने उनले बताए । कालोसूचीमा राखेपछि कर्जा प्रवाहमा थप संकुचन आउने उनले बताए ।

यस्तै, जेभी ठेक्कामा सबै पार्टर कम्पनी पनि उत्तरदायि हुनुपर्ने उनले बताए । कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचनाको सुविधा आवश्यकताको अवस्थामा मात्रै दिने गरेको बताए । जोइरन्ट भेन्चर ठेक्कालाई व्यवस्थीत बनाउन आवश्यक रहेको उनले बताए ।

जेभी कानुनी संरचना नभएको भन्दै यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । उनीहरु जिम्मेवार नभए थप समस्या आउन सक्ने उनले बताए ।

जेभीमा ठेक्का लिएपछि काम पनि संयुक्त रुपमा गर्नुपर्ने बताए ।

कालोसूची राख्ने सम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्न छलफल भइरहेको बताए । यद्यपि, कालोसूचीबाट हटाउन उत्तिकै चुनौती भएको पनि उनले बताए ।

यसैगरि चेक जारी भएपछि साटिनुपर्ने उनले बताए । चेक कागजको खोस्टो नभएको बताउँदै चेकको विश्वास कायम राख्नुपर्ने बताए ।