तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकलाई शहीद घोषणा

0
Shares

काठमाडौं । तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।